प्रधानमन्त्रीको निर्देशन सेनाद्वारा अवज्ञा

Read Time:1 Minute, 20 Second

काठमाडौं माइतीघर-सहिद गेट मार्ग खोल्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको निर्देशन नेपाली सेनाले अवज्ञा गरेको छ । असोज २९ गते प्रधानमन्त्री भट्टराईले सात दिन भित्र सुचारु गर्न निर्देशन दिएपनि सेनाले अटेर गरेको हो ।

एमाओवादीको लडाईका कारण संकटकाल लगाएपछि सेनाले माइतघर-सहिद गेटवीचको बाटो कब्जा गर्दै आएको छ । नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले भने प्रधानसेनापति विदेश भ्रमणमा रहेका तथा भोलिमात्र स्वदेश फर्कने भएकाले उक्त सडक खोल्नेसम्बन्धी निर्णय तिहारपछि मात्र हुने बताएका छन् ।

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा तत्कालिन प्रधानसेनापति रुक्मागंद कटवालले प्रधानमन्त्री र रक्षा मन्त्रीको निर्देशन नमान्नेपछि विकसित घटना क्रमका कारण २०६६ वैशाख २१ गते माओवादीको नेतृत्वको सरकार ढलेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %