सरकारले नेपाल सम्वतलाई सरकारी क्यालेन्डरमा समावेश गर्ने भएको छ । कार्तिक ८ गते बसेको मन्त्रीपरिषदको वैठकले नेपाल सम्वतलाई सरकारी क्यालेन्डरमा राख्ने निर्णय गरेको सरकारका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन ।
नेपाल सम्वत् र अन्य सम्वत्का विषयमा अध्ययन गर्न पद्मरत्न तुलाधरको संयोजकत्वमा हरिनारायण मल्ल र कुमार योाजन सदस्य रहको सुझाव समिति समेत गठन गरेको छ । समितिले एक महिनाभित्र सोबारे अध्ययन गरेर नेपाल सम्वत्को व्यवहारिक कार्यान्वयनका लागि सरकारलाई सुझाव दिनुपर्नेछ ।
मन्त्री परिषद बैठकले शङ्खधर साख्वाः राष्ट्रिय प्रतिष्ठान गठन गर्ने र युवा स्वरोजगार कार्यक्रमको उपाध्यक्षमा डा पुण्य रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उच्चस्तरीय लुम्बिनी विकास राष्ट्रिय निर्देशक समितिका संयोजक पुष्पकमल दाहाललाई गुरुयोजना तयार पार्ने विषयमा अध्ययनका लागि अमेरिका पठाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
