छ बुँदे माग पुरा नभए वाहुन र क्षेत्री समाजले कडा आन्दोलन गर्ने

Read Time:2 Minute, 19 Second

वाहुन समाज नेपाल र खस क्षेत्री समाज राष्ट्रिय महासंघले क्षेत्री वाहुनको लुगालाई राष्ट्रिय पोशाक बनाउन र आफूहरुलाई आदिवासीमा सूचिकृत गर्न माग गरेको छ । कार्तिक ८ गते राष्ट्रपति डा. रामवरण यादवलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले यस्तो चेतावनी दिएका हुन ।

भदौ २२ गते सबै जातिको पोशाकलाई राष्ट्रिय पोशाक बनाउन गरेको निर्णय मन्त्रीपरिषदको निर्णय तत्काल फिर्ता लिनुपर्ने उनीहरुको माग छ । नेपालमा १०० भन्दा बढी जातिहरु बसोबास गर्ने भएपनि वाहुन र क्षेत्रीको मात्रै लुगालाई राष्ट्रिय पोशाक नबनाए सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका हुन ।

नेपालमा सबैभन्दा बढी वाहुन र क्षेत्री अन्यायमा परेको तथा आफूहरुको पूरा नभए कात्तिक २९ गतेदेखि कडा संघर्ष गर्ने वाहुन समाज र क्षेत्री महासंघले चेतावनी दिएको छ ।  राष्ट्रपतिलाई बुझाएको ६ बुँदे मागमा नेपालको अन्तरिम संविधान- २०६३ मा उल्लेख खसक्षेत्री ब्राम्हण दशनामीलगायतलाई अन्य वर्गबाट हटाई नेपालको मूलजातिमा समावेश गर्न माग गरिएको छ ।

सङ्घीय राज्यहरु बनाउँदा जातीयताको आधारमा नभई भौगोलिकता प्राकृतिक पौराणिक र ऐतिहासिकको आधारमा हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । दलित, आदिवासी\जनजाति, महिला, मधेशी, मुस्लिम भन्दा पनि वाहुन क्षेत्री पुरुषहरु बढी पीडित भएकाले आरक्षणका नाममा राज्यले दिने सुविधा जाति विशेषका आधारमा नभई क्षमता र निम्न आर्थिकस्थितिको आधारमा दिनुपर्ने उनीहरुको माग रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %