गैरआवासीय नेपाली संघ टोकाई जापानका अध्यक्ष लामा सिन्धुपाल्चोकमा सम्मानित

Read Time:4 Minute, 9 Second

गैर आबासिय नेपाली सघ टोकाई होकुरिकु जापानका अध्यक्ष, निमा लामाको प्राबिधिक सहयोगमा सिन्धुपाल्चोकको कुञ्चोकमा रहेको महेन्द्र माविमा क्रियटिभ नेपालले स्थापना गरेको क्रियटिभ लाइब्रेरीको उदघाटन गर्न गएका निमा लामा लाई विद्यालय र स्थानीयबासीले सम्मान गरेका हुन । सम्मान कार्यक्रममा बोल्दै उनले भने – ‘मैले निःस्वार्थ सेवा गरिरहेको छु, मेरो एक्लो प्रयासले ठूलो विकास त गर्न सकिँदैन होला तैपनि जापानदेखि सकारात्मक सोच बोकेर नेपाली समाजमा केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर गाउँ–गाउँमा आएको हुँ । म अब हरेक जिल्ला र गाउँमा विकास र परिवर्तनका लागि निरन्तर सहयोग गर्न तत्पर छु । सिन्धुपाल्चोकको कुञ्चोकमा सहयोग गर्न आउँदा मलाई यसरी सम्मान गर्न जरुरी थिएन । तर तपाईहरुले दिएको यो सम्मानित मायालाई सँगालेर राख्ने मात्र छैन, क्रियटिभ काम मार्फत् सामाजिक कामका कर्मठ पाइला निरन्तर अगाडि लम्काइरहनेछु ।’

विद्यार्थीहरुले राष्ट्रिय गान गाएर लामालाई कार्यक्रम स्थलमा भव्य स्वागत गरेका थिए । आफूले अहिलेसम्मकै ठूलो सम्मान र माया पाएको बताउँदै उनले सम्मानकै लागि मात्र सामाजिक काम गर्न नखोजेको बताए । विश्वका थुप्रै राष्ट्रका विकास र प्रगतिलाई नजिकबाट हेर्दा नेपालमा त केही पनि प्रगति भएको छैन भन्दै सामाजिक भावना भएका मान्छे कम भएकाले नेपाल पछाडि परेको बताए ।

शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा लगानीको वातावरण बनाउँदै हजारौँ युवालाई रोजगारी दिने सोचमा रहेका लामाका अनुसार राज्यको नीति निर्माण सवल देखिएपनि कार्यान्वयन पक्ष फितलो भएकाले मुलुकले फड्को मार्न अझै समय लाग्ने बताए । उनले समाज निर्माणका लागि आफू दिनरात लाग्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सिर्जनशील प्रयासबाट समाज सुधारको अभियान सञ्चालन गर्न स्थापना गरिएको संस्था ‘क्रियटिभ काम नेपाल’ को अग्रसरतामा भएको क्रियटिभ पुस्तकालय स्थापनासँगै उनले विद्यालयलाई २ वटा कम्प्युटर र खेलकुदका सामान उपलब्ध गराएका थिए । साथै उनले स्कूलको भौतिक निर्माण र फर्निचर व्यवस्थापनका लागि समेत निरन्तर सहयोग गर्ने बताए । उक्त सामाग्री लामा र क्रियटिभ काम नेपालका अध्यक्ष प्रेम बानियाँले विद्यालयका प्रधानाध्यापक रामबहादुर थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेदप्रसाद बानियाँलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।पुस्तकालयमा पाँच लाख रुपैया बराबरको पुस्तक राखिएको तथा इन्टरनेट र फ्याक्स लगायतका सुविधा पनि राखिएको छ । लामा, नेपाल तामाङ्ग मैत्री संघ जापान का अध्यक्ष र राष्ट्रिय जनमुक्ति पार्टी साखा समिति जापानका सल्लाहकार पनि हुन् |

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %