गाहा मगर जाहानको अध्यक्षमा मनबहादुर गाहा(एमबी थापा) चयन भएका छन् । जाहानको ललितपुर ठेचोमा कार्तिक ८ गते भएको साधारणसभाले निर्वतमान उपाध्यक्ष मनबहादुरलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । जाहानका निर्वतमान अध्यक्ष धनीराम गाहाको गत वर्ष काठमाडौंमा निधन भएपछि अध्यक्ष पद खाली थियो ।
साधारणसभाबाट जाहानको उपाध्यक्षमा मिरा गाहा, महासचिव बलहादुर गाहा, सचिव सुरेश गाहा र कोषाध्यक्षमा प्रेमकुमारी गाहा चयन भएका छन् । यसैगरी जाहानको सदस्यहरुमा मिनकुमारी गाहा, सन्त गाहा, कमल गाहा, मनकुमारी गाहा, अमृत गाहा र समिर गाहा रहेका छन् । साधारणसभामा जाहानको वार्षिक आयव्याय प्रस्तुत गरिएको थियो ।
साधारणसभाले जाहानका निर्वतमान अध्यक्ष धनीराम गाहाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको जाहानका महासचिव बलबहादुरले जानकारी दिएका छन् । उनका अनुसार हरेक वर्ष जस्तै यसवर्ष पनि जाहानले देउसी भैलो २०६८ कार्यक्रम सम्पन्न गरेको छ ।
