सुनसरीको घुस्की र पश्चिम कुसाहामा राजमुपा

Read Time:2 Minute, 41 Second

राष्ट्रिय जनमुक्ति पार्टी सुनसरी क्षेत्र न.५ क्षेत्रिय समितिले सगंठन निर्माणको क्रममा घुस्की र पश्चिम कुसाहा गाउँ एकाई समिति गठन गरेको छ।

राष्ट्रिय जनमुक्ति पार्टी घुस्की गाउँ एकाई समिति मुक्तिलाल उरावको अध्यक्षतामा ११ सदस्य गाउँ एकाई समिति गठन भएको छ। समितिको उपाध्यक्षतामा लक्ष्मी उराव, सचिवमा राम कुमारी उराव र कोषाध्यक्षमा किशोर प्रसाद उरावलाई चैयन गरेको छ। संगठन सचिवको पद गाउँ एकाई समितिको दोस्रो वैठकवाट चयन गरिने क्षेत्रिय अध्यक्ष हेमान्त उरावले जानकारी दिनु भयो। 

यसैगरी सदस्यहरुमा क्रमस सम्पदलाल उराव, बुद्धिलाल उराव, पारुदेवी उराव, मिसु उराव, श्रीप्रसाद शाह, लखन उराव र जसुवादेवी उराव रहेका छन्। 

समिति गठन गर्नलाई पार्टीका बैकल्पीक सदस्य तथा सुनसरी इन्चार्ज रामप्रसाद उराव, क्षेत्रिय अध्यक्ष हेमन्त उराव, सचिव संजिप उराव, लिम्वुवान प्रान्तिय उराव परिषदका माहासचिव उमेस उराव र शिवु लकडाको उपस्थितिमा समिति गठन भएको हो।


राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र न. ५ क्षेत्रिय समितिले हालै निर्णय गरेको प्रत्येक शनिवार गाउँ छिर्ने अभियान अन्तर्गत यी दुई समितिहरु निर्माण भएका हुन्। यस क्षेत्र अन्तर्गत पर्ने पश्चिम कुसाहा गाउं एकाइ समिति सजन देव उरावको अध्यक्षतामा १५ सदस्य गाउँ एकाई समिति गठन भएको छ। उक्त समितिको उपाध्यक्षमा रञ्जु उराव, सचिवमा शिवलाल सरदार, संगठन सचिवमा सन्दिप पञ्चकरा र कोषाध्यक्षमा प्रमोद विश्वास रहेका छन्। यसै गरि सदस्यहरुमा रञ्जु देवी गिरि, कोगिया देवी सदा, महाजो खातुन, जगत राम, शिवकुमारी उराव, जमुना देवी उराव, जवरलाल उराव, लिलियादेवी सदा, अग्रशेन सदा र माहाविर उराव रहेका छन्। 

 

सुधिर लिम्बु/इनरुवा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %