को बन्ला मिस तमुस्यो २०११ ? (चार तस्विर)

Read Time:3 Minute, 22 Second

 


तमु विद्यार्थी समिति नेपालको आयोजनामा आउदो मंसिर १० गते पोखरा सभागृहमा सम्पन्न हुने तमु िधं नेपाल मिस तमु २०११ का सहभागीहरुलाई पोखरामा तालिम प्रारम्भ गरिएको छ । तमु भाषा कला सँस्कृतिको संरक्षण तमु युवाहरुमा अन्र्तनिहित प्रतिभाको प्रष्फुटन तमु आदिकवि हर्कबहादुर तमु छात्रवृत्ति कोष स्थापना स्वर्गिय सुनिल तमु छावृत्तिकोषमा रकम बृद्धि लगायतका उद्धेश्यका लागि आयोजित मिस तमु २०११ मा सहभागीहरुका तालिमको पहिलो दिन सहभागीहरुको परिचय र सोंप नेपालका अध्यक्ष एवं सचारकर्मी सरस्वती तमुले सकरात्मक सोंचका बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा अन्तर कलेज मिस पोखरा २०११ को उपाधि हाँसिल गर्न सफल सलिना तमुले आफ्नो अनुभव व्यक्त गरे ।

यसअघि तालिमको तमु िधं नेपालका अध्यक्ष कर्म तमुले एक समारोहका विच शुभारम्भ गरेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी तमुले तमु जातिको मौलिक कला सँस्कृति संरक्षण युवाहरुले गर्नुपर्ने बताउनु हुदै मिस तमु २०११ ले तमुको मौलिकताको संम्वद्र्धनका लागि टेवा पुग्ने बताए ।

कार्यक्रममा बौद्ध अर्घौ सदनका अध्यक्ष क्या।मनबहादुर तमुल मिस तमु २०११ को सफलताको शुभकामना गर्दै आगामी दिनहरुमा पनि निरन्तरता पाउनु पर्नेमा जोड दिए । तमु धि नेपालका सल्लाहकार अध्यक्ष तथा पुर्व क्याम्पस प्रमुख गणेशबहादुर तमुले आन्तरिक सुन्दरता भएका प्रतिस्प्रर्धी नै मिस तमु बन्ने धारणा राखे ।

तमु िधं नेपालका महासचिव देविराज तमुले मिस तमु प्रतियोगिताले सहभागीहरुको क्षमता अभिवृद्धि हुने र समाजलाई नियाल्न पाउने बताए । यसैगरी कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनका केन्द्रिय अध्यक्ष मिना तमुले प्रतियोगिताको सफलताको शुभकामना दिए ।


तमु विद्यार्थी समितिका अध्यक्ष एवं मिस तमु २०११ का संयोजक भरतमान तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राचीन नेपालका अध्यक्ष माओत्सेतुंग तमु, एनवि तमु, सहभागी पुनम तमु, सन्तबहादुर तमु, विष्णु तमु, जीवन तमु, डेभिड तमु लगायतले मिस तमु २०११ का बारेमा मन्तव्य व्यक्त गरेका थिए । तमु िधं नेपाल मिस तमु २०११का सहभागी ३९ जना तमु युवतीहरुलाई पाँचदिने आधारभुत तालिम पश्चात कात्तिक ८ गते टप ३० छनौट गरिने प्रतियोगिता संयोजक भरतमान तमुले जानकारी दिए ।

हुम तमु\पोखरा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %