१९५० को सन्धि कुरामा खारेजी व्यवहारमा समिक्षा

Read Time:1 Minute, 17 Second

भारत भ्रमणमा रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराई र भारतीय प्रधानमन्त्रीवीच सन् १९५० को सन्धि सीमा विवादलगायत विषयमा समिक्षा गर्न समिति बनाउन सैद्धान्तिक सहमति भएको छ । भारतीय प्रधानमन्त्री सिँहसँग कार्तिक ४ गतेको भेटघाटपछि प्रधानमन्त्री भट्टराईले समिति बनाउने विषयमा सैद्धान्तिक सहमति जुटेको बताएका हुन ।

प्रधानमन्त्री भट्टराईले भ्रमणटोलीमा रहेका नेपाली सचारकर्मीलाई दिएको जानकारी अनुसार समितिमा दुवै देशका तर्फबाट चार\चारजना सदस्य रहने छन् । प्रधानमन्त्री भट्टराईले २०५२ सालमा सरकारलाई बुझाएको ४० सुत्रीय मागमा भने सन् १९५० सन्धि खारेजीको माग गरिएको थियो ।

एमाओवादीकै माग अनुसार यो सन्धि खारेज हुनुपर्ने भएपनि भट्टराई असन्तुष्ट भने देखिएका छैनन् । उनले भ्रमणको क्रममा अपेक्षा गरे भन्दा बढी आफूले प्राप्त गरेको प्रतिकि्रया दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %