राज्यको चौथो अंग भनिने साचार माध्यमले नै दलित समुदायमाथि छुवाछुत विरोधी समाचार नलेखेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घका लागि पत्रकार कुन्दन अर्यालले गरेको दलित विरुद्ध भेदभावका आयाम (डाइमेन्सन्स अफ डिस्क्रिमिनेसन एगेन्स्ट) दलित विषयक अध्ययनको प्रतिवेदनले यस्तो देखाएको हो ।
प्रतिवेदनमा सातवटा नेपाली राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित जातीय भेदभाव र अछूतसँग सम्बन्धित समाचारको बारमो अध्ययन गरिएको छ । गोरखापत्र, कान्तिपुर, नागरिक, राजधानी, नयाँ पत्रिका, नेपाल समाचारपत्र र अन्नपूर्ण पोस्ट सबैमा समग्र रुपमा २०६७ सालमा दलितमाथि भेदभावका विषयमा नाम मात्रको समाचार छापिएको तथ्य सार्वजनिक भएको छ ।
नयाँ पत्रिकामा प्रकाशित कूल सामग्री सङ्ख्यामा ०.३१ प्रतिशत सामग्री दलितविरुद्ध भेदभावका थिए भने गोरखापत्रमा प्रकाशित यस्तो सामग्रीको प्रतिशत ०.२४ रहेको थियो । नागरिकले प्रकाशित गरेको यस्ता सामग्रीको प्रतिशत ०.२१ रहेको थियो भने अन्नपूर्ण पोष्ट र कान्तिपुरले ०.१९ प्रतिशत यस्ता सामग्री प्रकाशन गरेका थिए । नेपाल समाचारपत्र तथा राजधानीमा दलितविरुद्ध भेदभावका विषयमा ०.१८ र ०.१५ प्रतिशत सामग्री प्रकाशन गरेका थिए ।
यी आमसाचार माध्यमले उल्लेख गरेका २४५ घटनामा केबल ६२ वटा घटनामा प्रहरीमा गुनासो दर्ता गर्न खोजिएको ५६ वटाको गुनासो दर्ता भएको र ३८ मा कारबाही भएको देखिएको छ ।
