नेपाली सेनाको विमान दुर्घटना हुँदा विमानमा रहेका ६ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट विमारी लिएर काठमाडौं उडेको आरएएन ४९ आइलेण्डर विमान कार्तिक १ गते साँझ बाग्लुङ्गको चौधुलधुरीमा दुर्घटनाग्रस्त भएको हो ।
यो समाचार तयार पार्दासम्म प्रहरीले ६ जनाको शव प्राप्त गरेको छ । विमानमा चालक दलका मेजर दिवाकर कार्की र विशाल सिँह राठोर थिए भने विरामी केशव ऐरी, विरामीका दाई रामबहादुर ऐरी, डा. रविता पाठक र मिलन गोतामे पनि विमानमा सवार थिए ।
