काठमाडौं रहेको रिपोर्टस् क्लबमा भाषणा गरेर विवादमा तानिएका रक्षामन्त्री शरतसिँह भण्डारी पद मुक्त भएका छन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले कार्तिक २ गते व्यवस्थापिका संसदको वैठकमा सम्बोधन गर्दै भण्डारीलाई पद मुक्त गरिएको जानकारी दिएका हुन । भट्टराईले भूमि सुधार मन्त्री प्रभु साहलाई पनि पदबाट हटाएको संसदलाई जानकारी गराएका छन् ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले आजै बसेको वैठकबाट भण्डारीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । भण्डारी र साहलाई मन्त्रीबाट नहटाएसम्म प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा एमालेले संसद अवरुद्ध गर्दै आएका थिए । आन्दोलनताका माओवादीको मन्चमै गएर आक्रमणगर्ने हिन्दु अतिवादी युवा संघका काशीनाथ तिवारीको हत्यामा संलग्न भएको हुनसक्ने आशंकामा साहको विरोध हुँदै आएको थियो ।
