खपाङ्गीको नयाँ पार्टी खोल्ने सपना चकनाचुर

Read Time:4 Minute, 19 Second

Rajyasatta.com Exclusive:-नवलपरासीमा सम्पन्न चौथो महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि नयाँ पार्टी खोल्ने अभियानमा लागेका पूर्व मन्त्री गोरेबहादुर खपाङ्गीलाई आफ्नै विश्वासपात्रहरुले  साथ छाडेका छन् । खपाङ्गीले बनाएको राष्ट्रिय जनमुक्ति चौम प्रतिपक्ष नामक समूहका वार्ताटोली संयोजक रामु परियारले कार्तिक २ गते प्रेस विज्ञप्तिमार्फत नयाँ पार्टी बनाउने योजनामा दुई तिहाई भन्दा बढीको सहमति नभएको सार्वजनिक गरेका हुन  ।

वार्ता टोली संयोजक परियारद्वारा जारी विज्ञिप्तिमा भनिएको छ, ‘खपाङ्गीको नेतृत्वमा नयाँ पार्टी खोल्ने कुराको हामी गम्भिर असहमति र विरोध गर्दछौं ।’ (पूर्ण विज्ञप्ति हेर्नुहोस्) आफूहरुको नयाँ पार्टी खोल्ने मनशाय नै नरहेको बरु खपाङ्गीले षडयन्त्रपूर्वक ढंगले नयाँ पार्टी बनाउन लागेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा छ,  ‘भेलका संयोजक गोरेबहादुर खपाङ्गी लगायतका केही व्यक्तिहरुले षडयन्त्रमूलक ढंगबाट नयाँ पार्टी खोल्ने निर्णय गराई अगाडि बढेकोमा म लगायत बहुमत सदस्यहरुको गम्भिर आपत्ति र असहमति रहेको छ ।’

पार्टीमा भएका कमीकमजोरी सुधार गर्न र चौथो महाधिवेशनबाट पराजितहरुलाई योग्यता अनुसारको जिम्मेवारी पाउनुपर्ने मागका लागि मात्रै आफूहरुले गत साउन र असोजमा काठमाडौंमा भेला गरेको विज्ञप्तीमा उल्लेख छ । पार्टी भित्रै लोकतान्त्रिक परिपाटी अनुसार अन्तर संघर्ष गर्ने विषयलाई नयाँ पार्टीसँग जोडेर हेरेको परियारको ठहर छ ।

खपाङ्गी संयोजक रहेको भेलाले आफ्नो गुटको नाम चौम प्रतिपक्षी जुराएपनि संघीय परिषदमा निर्वाचित नन्दबहादुर घर्ति हाल वर्खास्त भईसकेको नै यो गुटको हर्ताकर्ता भएको स्रोतले जानकारी दिएको छ ।  घर्तिलाई पार्टीको विधान र आचार संहिता उल्लघंन गरेको भन्दै संघीय परिषद सदस्य पदबाट २०६८ असोज २७ गते निश्काशन गरिएको सो पार्टीको वेभसाईटमा उल्लेख छ ।

चौथौ महाधिवेशनमा राजमुपा अध्यक्षसँग खपाङ्गी पराजित भएका थिए । सो पार्टीले खपाङ्गी र अध्यक्षमा पराजित अर्का नेता बयानसिँ राईलाई संघीय परिषदमा मनोनित गरिसकेको जनमुक्ति महासचिव केशव सूर्यवंशीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् ।

अहिले नयाँ पार्टी गठन गर्ने भनिए पनि खपाङ्गी राजाको शासन कालमा मन्त्री छँदै नयाँ पार्टी गठन गरेका थिए । संविधानसभाको निर्वाचन खपाङ्गी गुटले भाग लिएको थिएन । दुई सभासद जितेको राजमुपा र खपाङ्गीको पार्टी एकिकरणपछि चौथो महाधिवेशनमा उनले अध्यक्षमा उम्मेदारी दिएका हुन । निर्वाचन आयोगले संविधानसभा यता कुनै पनि पार्टी दर्ता गर्न अस्विकार गरेको छ । संविधानसभा यता बनेका कुनै पनि पार्टीले दलीय हैसियत नपाएको र तत्काल कुनै पार्टीलाई दर्ता नगर्ने आयोगले जनाएको छ ।

जनमुक्तिमा खपाङ्गी , राई र तुम्बाहाम्फेलाई सम्मानजनक स्थान दिइने

संघीय परिषद सदस्यबाट नन्दबहादुर घर्ति वर्खास्त

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %