नेपाली काँग्रेसका आदिवासी जनजाति सभासदहरुद्वारा आयोजित नयाँ संविधान र आदिवासी जनजातिका सवालहरु विषयक दुईदिने राजनीतिक संवाद कार्यक्रम सम्पन्न भएको छ । राजधानीमा कार्तिक २ गते सकिएको छलफल कार्यक्रममा काँग्रेस सभापति सुशिल कोइरालाले संविधान निर्माण र शान्ति प्रकि्रया नटुङ्गिएसम्म देशले उन्नति गर्न नसक्ने धारणा राखे ।
आदिवासी जनजाति सभासदहरुले नयाँ संविधानमा आदिवासी जनजातिका अधिकारलाई मौलिक हक अन्र्तगत राख्न माग गरे । काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले हरेक नेपालीको अधिकार नयाँ संविधानमा लेख्न नेपाली काँग्रेस प्रतिबद्ध भएको जिकिर गरे । आदिवासी जनजाति सभासदहरुले नयाँ संविधानमा आदिवासी जनजातिका अधिकारलाई उठाउनुपर्ने विषयलाई समेटेर तयार पारेको अवधारणा पनि प्रस्तुत गरिएको थियो ।
