हातेमालो अभियान नेपाल पोखराले हिन्दुहरुको पर्व दशैं तथा दिपावली २०६८ को उपलक्ष्यमा स्वास्थसँगै सामाजिक हातेमालो गर्न खुल्ला ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल मगर संघ जिल्ला समिति कास्कीको भवनमा कार्तिक ६, ७ र ८ गते प्रतियोगिता सन्चालन हुने आयोजकले जानकारीदिएको छ ।
व्यस्तताका वावजुद जीवनमा स्वास्थसँगै आपसी भाईचारा मित्रता र भातृत्व भावना अभिवृद्धि गर्न हातेमालो अभियानले ३ दिन सम्म ब्याडमिन्टन खेल खेलाएर आपसी सद्भाव सहित स्वास्थ जीवनयापनमा फाइदा पुग्ने आयोजकको विश्वास छ । प्रतियोगितामा विजेताले प्रथम कप सहित नगद ५००१ प्राप्त गर्नेछ भने द्धितीय हुनेले कप सहित नगद ३००१ र तृतीय हुने दुई जनाले जनही नगद १००१ प्ाउने छन् ।
मेजन पुन मगर\पोखरा
