मान्छेको जीवन शैलीमा क्रान्ति ल्याएको कम्युटरले मान्छेको ज्यानै लिन्छ भन्दा पत्याउन गाह्रो हुन्छ । तर वीरगंजको भन्सार कार्यालय भने यस्तै अपत्यारिलो घट्ना भएको छ । घट्ना विवरण अनुसार कार्तिक १ गते बिहान १० ३० बजेको सशस्त्र प्रहरी बल वीरगन्ज भन्सार राजस्व गस्तीको कार्यालयको साचारकोठामा रहेको कम्प्युटर पड्किँदा प्रहरी हवल्दार केदार काफ्लेको मृत्यु भएको हो । सोही कम्प्युटर पडकिदा कारण सशस्त्र प्रहरी नायब निरीक्षक हरिकृष्ण खड्का र सशस्त्र प्रहरी सहायक निरीक्षक राम लामा घाइते भएका छन् ।
वीरगन्जस्थित नेसनल मेडिकल शिक्षण अस्पतालमा काफ्लेको उपचारका क्रममा मृत्यु भएको हो । खड्का र लामाको शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।
यसैबीच जनतान्त्रिक पार्टी (भगत िसंह) समूहका केन्द्रीय सदस्य कुबेर िसंहले भने आफूहरुले तीन दिनअगाडि स्टपलाइजर बम भन्सार नतिरेको निउमा पक्राउ गर्न लगाई कार्यालय भित्रेुएको र सोही स्टपलाइजर बम विष्फोटबाट सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको दाबी गरेका छन् ।
