राज्य पुर्नसंरचनासम्बन्धि विवाद टुँग्याउने सहमति भइसक्यो-मन्त्री पुन

Read Time:1 Minute, 23 Second

अर्थमन्त्री वर्षमान पुन मगरले राज्य पुर्नसंरचना सम्बन्धि सम्पूर्ण विवाद मिलाउने विषयमा दलहरुवीच सहमति जुटिसकेको बताएका छन् । गम्भीर समुन्द्र सेतु उच्च माविको ५९ औँ वार्षिकोत्सवका अवसरमा असोज ३० गते ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पुन मगरले यस्तो धारणा राखेका हुन ।

संविधान बनेर नेपाली जनता अधिकार सम्पन्न हुन्छन् भनेर षडयन्त्रमा लागेका प्रतिगामीहरुले राज्य पुर्नसंरचनामा ठूलो विवाद छ भनेर हल्ला मचाईरहेको सन्दर्भमा मन्त्री पुन मगरको भनाई अर्थपूर्ण छ । संविधानमा राख्ने विषय मध्ये ९९ प्रतिशतमा सहमति कायम भईसकेको संविधानसभा सचिवालयले जानकारी दिएको छ ।

कार्यक्रममा मन्त्री पुन मगरले द्वन्द्वका कारण नै नेपालको विकास हुन नसकेको धारणा राखे । उनले मुलुकको विकास र जनचाहनाबमोजिम जसरी पनि शान्ति प्रकि्रया टुङ्गोमा पुर् याउन आफ्नो पार्टी प्रतिबद्ध रहेको उल्लेख गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %