‘उप्रेती अक्षयकोष’को अध्यक्षमा निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती

Read Time:58 Second

उप्रेती थर भएकाहरुले ‘उप्रेती अक्षयकोष’ स्थापना गरेका छन् । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको अध्यक्षतामा उप्रेती सेवा समितिले अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषको उपाध्यक्षमा प्रा. डा. रामप्रसाद उप्रेती, महासचिव भरतजङ्ग उप्रेती र सदस्य तुलसीप्रसाद उप्रेती रहेका छन् ।

अक्षयकोषका महासचिव भरतजङ्गले दिएको जानकारी अनुसार कोषमा तीन लाखभन्दा बढी रुपैयाँ जम्मा भइसकेको छ । अक्षयकोषको आजीवन सदस्यसँग रु. पाँच हजार र सदस्यसँग रु. एक सय उठाइने भएको छ । पहिचानको राजनीति मौंलाउदै गएको सन्दर्भमा उप्रेतीहरुलाई संगठित गर्न अक्षयकोष खडा गर्नु परेको उनीहरुको भनाई छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %