प्रतिपक्षीको चर्को विरोधपछि एनकेपा माओवादीले भूमि सुधार मन्त्री प्रभु साहलाई पदबाट हटाउने निर्णय गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज २९ गते प्रेस विज्ञप्ती जारी गरेर उनलाई हटाउने निर्णय गरेको जानकारी दिएका हुन । मन्त्री साहमाथि हिन्दु युवा संघ नामक अतिवादी संगठनका अध्यक्ष काशीनाथ तिवारीको हत्यामा संलग्न भएको अभियोग लागेको छ । तिवारीले एमाओवादीको आन्दोलनमा गुण्डा लगाएर आक्रमण गराएका थिए ।
माओवादीले आफ्नै पार्टीका मधेशी नेतालाई मन्त्रीबाट हटाउने निर्णय गरेपनि यसअघि हत्याकै अभियोग लागेका वाहुन मन्त्री अग्निप्रसाद सापकोटालाई भने हटाएको थिएन । सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको अभियोग छ ।

