राज्यका हरेक निकायमा तामाङ समुदायको समान सहभागिता हुनुपनॆ्रमा तामाङ्ग नेताहरुले जोड दिएका छन् । काठमाडौंमा तामाङ चौतारी समूहले आयोजना गरेको ‘विदेसिएका तामाङहरुको स्थिति, सम्भावना,चुनौती र एनआरएनको भूमिका’ विषयक अन्तरकि्रया कार्यक्रममा उनीहरुले यस्तो माग गरेका हुन ।
कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्यसचिव पिबी गोलेले नेपालमा हुने गरेका हरेक परिर्वतनका आन्दोलनमा तामाङ समुदायको महत्वपूर्ण भूमिका र योगदान रहेको हँुदा तामाङ समुदायलाई राज्यले अवसरबाट विचत गराएकोमा आक्रोश पोखे । कार्यक्रमका अर्कावक्ता बलबहादुर लामाले समग्र तामाङ समुदायलाई अगाडि बढाउन राजनीतिक क्षेत्रमा तामाङहरुको प्रतिनिधित्व नभएसम्म बाँकी प्रतिनिधित्वको अर्थ नहुने बताए ।
समूहले तामाङ समुदायलाई हरेक तवरबाट योगदान पुर् याउनुहुने गैरआवासीया नेपाल सङ्घका सल्लाहकार विजय मुक्तान, कोरिया गैरआवासीय नेपाल सङ्घका राष्ट्रिय परिषद् उपाध्यक्ष मनिक लामा, कुवेट गैरआवासीय नेपाल सङ्घ राष्ट्रिय परिषद्का अध्यक्ष राजेन्द्र तामाङलगायत सात सम्मानित भएका थिए । जनसंख्याका हिसाबले ठूलो जाति भएर पनि तामाङ्ग समुदायको प्रतिनिधित्व नगन्य छ ।
