डा. भीमराव अम्बेडकरको सम्झना कार्यक्रम

Read Time:1 Minute, 7 Second

भारतका चर्चित दलित नेता डा. भीमराव अम्बेडकरको विषयमा राजधानीमा लघु प्रवचन सम्पन्न भएको छ । नगदेश बौद्ध समूह मध्यपुर थिमीद्वारा असोज २९ गते आयोजित कार्यक्रममा डा अम्बेडकरले हिन्दु धर्म परिवर्तन गरी बौद्ध दीक्षा ग्रहण गरेको विषयले चर्चा पाएको थियो ।

कार्यक्रममा बोल्दै अनगारिका रुपावतीले सन् १९५६ अक्टोबर १४ का दिन भारतका संविधान निर्माताका रुपमा परिचित नेता डा. अम्बेडकरले बुद्धधर्म अँगालेको उल्लेख गरेका थिए । बौद्ध ल्याय्म्हः पुचःका सल्लाहकार जयराम भतांको सभापतित्वमा भएको उक्त कार्यक्रममा नगदेश बौद्ध समूहका सचिव कृष्णकुमार प्रजापतिले डा. अम्बेडकरको जीवनी तथा दलित आन्दोलनमा पुर् याएको अतुलनीय योगदानको विषयमा चर्चा गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %