जनमुक्तिको आर्थिक ‘मिशन २०७०’

Read Time:2 Minute, 27 Second

राष्ट्रिय जनमुक्ति पार्टीले आर्थिक व्यस्थापन मजबुत बनाउन मिशन २०७० सचालन गर्ने भएको छ । काठमाडौंमा बसेको भातृसंगठनका इन्चार्ज सम्मिलित स्थायी समितिको वैठकले मिशन २०७० पारित गरेको हो ।

पार्टीको समग्र आर्थिक गतिविधिलाई मुल्याँकन गरेर तत्काललाई रु. १० करोड जम्मा गर्ने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार जनमुक्तिको सिद्धान्त संसारमै सबैभन्दा राम्रो भएर पनि प्राविधिक कारणले अपेक्षाकृत परिणाम नआएको भन्दै पार्टीको आर्थिक जीवनलाई मजबुत बनाउन आर्थिक मिशन ल्याइएको हो ।

काठमाडौंमा दुई दिन चलेको वैठकले पार्टीले सन्चालन गरेको ‘भाका अभियान’को पनि समिक्षा गरेको छ । साना तिना कमजोरीका वावजुद अभियान सफल रहेको पार्टीको निश्कर्ष छ ।

ललितपुरको धोबिघाटमा केन्द्रिय कार्यालय रहेको सो पार्टीले बुटवल, पोखरा, बर्दिवास र विर्तामोडमा केन्द्रिय सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको संघीय परिषदका प्रचार प्रसार विभाग प्रमुख टोप अस्लामी मगरले जानकारी दिएका छन् । बाँकेको कोहलपुरमा केन्द्रिय सम्पर्क कार्यालय यसअघि नै स्थापना भईसकेको छ ।

स्थायी समिति वैठकले बर्दियाका लालबहादुर रानालाई संघीय परिषद सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । संघीय परिषदका सदस्य पूर्णमाया सारुलाई पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

पार्टी हीत विपरीत काम गरेको भन्दै संघीय परिषदका अर्का सदस्य नन्दबहादुर घर्तिलाई वैठकले पाँच वर्षसम्मका लागि साधारण सदस्य समेत नरहने गरी निश्काशन गरेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %