मलेसियाबाट आएका १४२ यात्रुको लगेज हरायो

मलेसियाबाट बङ्गलादेशको युनाइटेड एयरलाइन्सबाट नेपाल फर्किएका १४२ जना नेपालीको लगेज हराएको छ । मलेसियाबाट काठमाडौँ फर्कदै गर्दा असोज २५ गते आफू सहित सबैको लगेज हराएको काभ्रे पलााचोक कुशादेवीका राजकुमार सापकोटाले जानकारी दिएका छन् ।

सापकोटाले त्रिभुवन विमानस्थलमा ओर्लि लगेज लिनजाँदा आफूलगायत १४२ औँ जनाको लगेज नपाइएको र सो विषयमा विमानस्थलमा कार्यरत सरकारी पदाधिकारीसँग सोधखोज गर्न जाँदा गैरजिम्मेवार व्यवहार गरेको बताए ।

यसैवीच गत असोज ४ गते दसैँ मान्न मलेसियाबाट सोही विमानमार्फत नेपाल फर्किएका ७० जना नेपालीको पनि लगेज अझै फेला पर्न सकेको छैन ।