राष्ट्रिय जनमुक्ति पार्टी स्थायी समितिको वैठक राजधानीमा शुरु भएको छ । असोज २७ गते शुरु वैठकमा पार्टीको भातृसंगठनका इन्चार्जहरु समेत सहभागी रहेका रहेका छन् ।
पार्टीका नीति तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयका लागि स्थायी समिति र इन्चार्जहरुवीच संयुक्त वैठक आयोजना गरिएको संघीय परिषदका केन्द्रिय महासचिव केशव सूर्यवंशीले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । वैठकमा संविधान निर्माण शान्ति प्रकि्रया र पार्टीको आन्तरिक विषयमा समेत छलफल हुने बताइएको छ ।
