बुटवलमा गुरुङ्गहरुको महाकुम्भ शुरु

Read Time:3 Minute, 30 Second

तमू ह्युल छोज धीँ गुरुङ राष्ट्रिय परिषदको दोस्रो राष्ट्रिय भेला सुरु भएको छ ।  भेलाको विभिन्न राजनितिक दलका गुरुङ नेताले असोज २६ गते रुपन्देहीको बुटवलमा उदघाटन गरेका हुन । माओवादी सभासद अमर गुरुङ, काग्रेसका नेता इन्द्रबहादुर गुरुङ, एमाले पोलिट व्युरो सदस्य पृथ्वी सुब्वा गुरुङ, राप्रपा सहमहामन्त्री हेमजंग गुरुङ र नेकपा एकीकृतका केवी गुरुङ पार्षदसभालाई सयुक्त उदघाटन गरे ।

तमु नेताहरुले तमूवान प्राप्तिका लागि जुन अन्दोलनहरु भएका थिए त्यो प्राप्त नभएको भन्दै तमुवान नआएसम्म दवाव र अन्दोलनबाट पछि हट्न नहुनेमा जोड दिए । आदिवासी जनजाति सभासद माचका सयोजक समेत रहेका पृथ्वी सुब्वा गुरुङले तमुवानका पक्षमा तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषदको स्पष्ट धारणा आवश्यक रहेको बताए । राज्य पुर्नःसरंचनामा तमूवान राज्य टारेर नटर्ने भन्दै सभासदहरुको भुमिका ठोस बनाउनका लागि पनि  तमू संघसस्थाको दवाव जरुरी रहेको बताए । तमूवानको विपक्षमा अझै पनि धेरै तत्वहरु रहेको भन्दै यसको लागि सम्पूर्ण गुरुङहरु एक हुनुको विकल्प नभएको बताए ।

माओवादीका सभासद अमर गुरुङले तमूवानको विकल्प हुन नसक्ने भन्दै आफ्नो पार्टीले जनयुद्धकाल देखि नै तमूवानको बारेमा स्पष्ट निति सार्वजानिक गरेको दावी गरे । तमू मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका अमरले कुनै पनि हालतमा सविधानमा पछाडि पारिएकाहरुकाहरुलाई अधिकारबाट बिाचत नगराउन अहिले सवैतिरबाट षडयन्त्र भैरहेको दावी गरे ।

पुर्व मन्त्री समेत रहेका काग्रेसका नेता इन्द्रबहादुर गुरुङले पहिल्यै देखि पाउदै आएको अधिकार शासक बर्गले सजिलै नछोडिदिने भन्दै त्यसको लागि एकताको खाचो औल्याए । राप्रपाका हेमजंग गुरुङले अहिलेको अवास्थामा पनि अधिकारको अन्दोलन चर्काउन नसके भावी दिनमा पछुताउनुको बिकल्प नभएको बताए । नेकपा एकीकृतका पोलिट व्युरो सदस्य केवी गुरुङले राजनितिक पार्टीमा आदिवासीका नेतृत्वहरुले पार्टीभित्र पर्याप्त कुरा उठाउन नसकेकोले गुरुङ्गहरु पछाडि गर्दै गएको  बताए ।

तमू ह्युल छोज धीले राज्यको पुर्नःसरचनामा पहिचान सहितको तमूवानको माग गर्दै अन्दोलन चर्कोउदै आइरहेको छ । पार्षद भेलामा बन्द सत्र विहिवारबाट नै सुरु भएको छ । शनिवार सम्म चल्ने सभामा ३ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

गोविन्द घर्ति\देवदह

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %