गैरआवासीय नेपाली संघ एनआरएन अध्यक्षमा जीवा लामिछाने निर्विरोध चयन भएका छन् । काठमाडौंमा जारी पाँचौ विश्व सम्मेलनको अन्तिम दिन असोज २७ गते अध्यक्षका अर्का प्रत्यासी देवमान हिराचनले उम्मेदवारी नदिने भएपछि लामिछाने निर्विरोध भएका हुन । निर्वतमान कार्यसमितिका हिराचन अध्यक्ष र लामिछाने उपाध्यक्ष हुन ।
एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोको पहलमा अध्यक्षका दुई प्रत्यासीवीच सहमति कायम भएको हो । संघको आठ वर्ष लामो इतिहासमा अध्यक्ष सहमतिबाटै चयन हुँदै आएको छ । अध्यक्षमा निर्वाचन भए आफू एनआरएनबाट अलग रहने महतोले चेतावनी दिँदै आएका थिए ।
बाँकी पदहरु पनि सहमतिका लागि प्रयास भईरहेको छ । संघको पाँचौ सम्मेलने असोज २५ गते शुरु भएको थियो ।
