हङकङ मगर संघको देउसी भैलो अक्टोबर ३० मा

मगर संघ हङकङले नेपालीहरुको महान पर्व तिहार २०६८ को अवसरमा सांस्कृतिक कार्यक्रम र बिबिक्वू कार्यक्रम सहितको देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । ३० अक्टोबर विहान साढे ११ बजे मंकीहिलमा शुरु हुने आयोजकले जानकारी दिएको छ ।

संघका अध्यक्ष एमवि थापाले टिकट हङकङ डलर ९० राखिएको राज्यसत्ता डटकमलाई जानकारी दिए । मगर संघले प्रत्येक वर्ष तिहारमा देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ ।