
मान्छे मारेको अभियोग लागेका प्रभु साह मन्त्री भएको सरकारले राष्ट्रिय युवा मोर्चाका केन्द्रिय सदस्य बोम दर्लामीलाई लगायतका जनजाति र दलित युवाहरुलाई जेलमा कोच्न गरेको षडयन्त्र असफल भएको छ । मात्र हिन्दुहरुको पर्व दशैंको बेलामा एउटा पिङको विषयलाई लिएर मोर्चाका नेतालाई फसाउन खोजे पनि चर्को दवावपछि उनीहरुलाई रिहा गर्न प्रशासन बाध्य भएको छ । दर्लामी असोज २६ गते रु.२००० मा धरौटीमा रिहा भएका हुन ।
रुपन्देहीको रुद्रपुरमा दशैंको पिङको विषयलाई लिएर भएको विवादमा काग्रेस र एमालेले माओवादी नेतृत्वको सरकारसँग मिलेर दलित र जनजाति युवालाई लडाएर राजनीतिक पूर्वाग्रह साँध्ने षडयन्त्र गरेको घट्नालाई नजिकबाट नियालीरहेका एक स्थानीयवासी बताउँछन् । मोर्चाका नेता दर्लामीसँगै पक्राउ परेका एक दलित युवाले भने, ‘सामान्य विवाद हो हामी मिल्छौं भन्दा पनि प्रहरी प्रशासनले मुद्दाअघि बढाउन उक्सायो ।’
जनजाति युवालाई राज्यले झुठ्ठा मुद्दा लगाएर फसाएको यो नै पहिलो घट्ना भने होइन । यसअघि नेपाल मगर संघ बुटवल समितिका अध्यक्ष रुपिसं थापालाई दुव्र्यहार गरेको विषयमा तीन निर्दोष जनजाति युवालाई झुठ्ठा मुद्दा लगाएर फसाएको थियो । त्यतिबेला उनीहरुलाई रु ६५ हजार जरिवाना तिराईएको थियो ।
जनजाति दलित युवालाई समान्य भनाभन भएको विषयमा समेत जेलमा हाल्ने सरकारको नेतृत्व गरिरहेको एमाओवादीका सभासद बालकृष्ण ढुँगेल अदालतको फैसला अनुसार हत्यारा हो । ढुँगेलले अझै पनि सरकारी ढुकुटीबाट पारिश्रमिक लिएर खुल्लेआम घुमीरहेका छन् ।

