स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोलाई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो औंला काटेर देखाउन चुनौति दिएका छन् । हिन्दुहरुको दशैंका कारण झण्डै एक महिनापछि असोज २६ गते खुलेको व्यवस्थापिका संसदको वैठकमा खनालले महतोलाई यस्तो चुनौति दिएका हुन । वैठकमा खनालले भने, ‘मधेश विरोधीको औंला काट्छु भन्ने महतोलाई मेरो औंला काटेर देखाउन चुनौति दिन्छु ।’
सदभावना पार्टीका अध्यक्ष समेत रहेका मन्त्री महतो भन्दा आफू सयौं गुणा बढी मधेशवादी भएको समेत खनालको दाबी थियो । खनालले आफूलाई मधेशको ठेक्दार ठान्ने मधेशवादी दलहरुले मधेशी जनताको समस्यालाई प्राथमिकता नदिएको बताए । तराई मधेशका जनता प्रत्यक्ष प्रभावित लक्ष्मणपुर बाँध सुस्ता लगायतका विषयमा मधेश केन्द्रित दलले कहिल्यै आवाज नउठाएको खनालको दाबी छ ।
