प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काशीनाथ तिवारीको हत्या अभियोगमा मुछिएका भूमिसुधार मन्त्री प्रभु साहलाई राजिनामा गराउनु भन्दा आफैले राजिनामा दिने बताएका छन् । असोज २६ गते बसेको एमाओवादी संसदीय वोर्डको वैठकमा उनले यस्तो चेतावनी दिएका हुन ।
संसदीय बोर्ड वैठकमा मोहन वैद्य पक्षधर साँसदहरुले साहलाई मन्त्रीबाट हटाउन माग गरेपछि प्रधानमन्त्रीले आफै राजिनामा दिने चेतावनी दिएको वैठकमा सहभागी एक साँसदले राज्यसत्ता डटकमलाई जानकारी दिए । ति साँसदले भने, ‘वैठकमा चर्काचर्की पर्ला जस्तो भएपछि प्रधानमन्त्रीले साहलाई हटाउने भए म आफै हट्छु भन्नु भयो ।’
२२ जिल्ला टुकि्रन सक्ने भन्ने अभिव्यक्तिपछि विवादमा तानिएका रक्षा मन्त्री शरदसिँह भण्डारीलाई भने पदबाट हटाउन माओवादी संसदीय बोर्ड सहमत भएको एमाओवादी नेता देव गुरुङ्गले बताएका छन् ।
यसैवीच आजै बसेको प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा एमालेको संसदीय बोर्ड छुट्टाछुट्टै वैठकले रक्षामन्त्री भण्डारी र भूमिसुधार मन्त्री साहलाई पदबाट हटाउन माग गरेको छ ।
