हिन्दुहरुको दशैं पर्वका कारण रोकिएको संसद खुलेकै दिन प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजिनामा मागेका छन् । असोज २६ गते बसेको व्यवस्थापिका संसदको वैठक उनीहरुले प्रधानमन्त्रीको राजिनामा मागेका हुन ।
काँग्रेस नेता तथा सभासद डा रामशरण महतले प्रधामन्त्रीबाट भट्टराईलाई तत्काल राजिनामा गर्न माग गरे । रक्षामन्त्री शरदसिँ भण्डारी भूमिसुधार मन्त्री प्रभु साह र स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महतोलाई मन्त्रीबाट हटाउन नसके भट्टराई आफै प्रधानमन्त्रीबाट हट्नु पर्ने महतको भनाई थियो । मधेशी मोर्चासँग भएको चार बुँदे सहमति र कालीबहादुर खामहरुलाई कारवाही नगर्दा दण्डहिनता बढेको बताए ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले अपराधीको संरक्षण गरेको आरोप लगाउदै राजिनामा गर्न वा प्रभु साह र शरदसिँ भण्डारीलाई पदबाट हटाउन माग गरे । यो सरकारले शान्ति प्रकि्रया र संविधान निर्माणलाई निश्कर्षमा पुर् याउन नसक्ने उनको भनाई थियो । संसदमा खनालले भने ‘यो हुतिहारा सरकार हो ।’
एकीकृत माओवादी नेता तथा सभासद दीनानाथ शर्माले प्रभु साह निर्दोष रहेको धारणा राखे । आफ्नै पार्टी नेतृत्वको सरकारका रक्षा मन्त्रीको भने शर्माले बचाउ गरेनन् ।
