माक्स्रवादको शल्यकि्रया गर्दै सभासद एमएस थापा

Read Time:2 Minute, 31 Second

तस्विर:-www.rajyasatta.com

राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापाले कार्ल माक्स्रको माक्स्रवाद नेपालको सन्दर्भमा अर्थहिन भएको बताएका  छन् । नेपालमा जातीय जनसंख्याको आधारमा समुनपातिक प्रतिनिधित्व वाहेकको वकालत गर्नु हत्केलाले सूर्य ढाक्ने प्रयास वाहेक केही नभएको उनको भनाई छ ।

सो पार्टीको प्रशिक्षण विभागको आयोजना तथा केन्द्रिय कार्यालयको व्यवस्थापनमा असोज २४ गते राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले माक्स्रले अघिसारेको द्वन्द्वात्मक भौतिकवादले मानवीयपक्षमा छुँदै नछोएको धारणा समेत राखेका छन् ।

पार्टीको केन्द्रिय नेताहरु सहभागी प्रशिक्षणमा नेता थापाले हरेक विषयलाई वर्गीय चश्माबाट हेर्ने अवधारणा वैज्ञानिक नभएको उल्लेख गरेका छन् ।  वर्गीय संघर्ष माक्स्रको मौलिक अवधारणा नभई प्रुेडरिक हेगेलको डायलिक्टिकल फर्मुलाको नयाँ नामाकरण मात्रै भएको थापाको विश्लेषण छ ।

पार्टी महासचिव केशव सूर्यवंशीका अनुसार केन्द्रिय तहबाट शूरु भएको पार्टी साहित्यलाई लिपिबद्ध गर्ने क्रमलाई विभिन्न तहमा लगिने छ । अडियो भिडियो र छापा माध्यममार्फत पार्टीले अंगिकार गरेको सिद्धान्तलाई अभिलेखीकृति गरिने पनि महासचिव सूर्यवंशीले जानकारी दिए ।  

केन्द्रिय प्रशिक्षण विभाग प्रमुख रत्न राना मगरले असोज २४ गते पनि प्रशिक्षण जारी रहने बताए । संघिय परिषदले साप्ताहिक रुपमा प्रशिक्षण सन्चालन गर्ने तयारी गरिरहेको नेता राना मगरले राज्यसत्ता डटकमलाई जानकारी दिएका छन् । कार्यक्रम प्रशिक्षण विभाग सदस्य सूर्य सम्बाहाम्फेले सन्चालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %