गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको सरगमी

Read Time:1 Minute, 29 Second

 

गैर आवासीय नेपाली सङ्घको पाँचौ विश्व सम्मेलन असोज २५ गते काठमाडौंमा शुरु हुँदैछ । ‘हाम्रो सजाल हाम्रो पहिचानः समृद्ध नेपाल’ मुल नारा तय गरिएको सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

संघका वर्तमान अध्यक्ष देवमान हिराचन र उपाध्यक्ष जीवा लामिछानेले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । एसिया प्यासिक कोर्डिनेटरमा हङकङका
त्रिलोक गुरुङ्गले उम्मेदवारी दिने भएका छन् ।

असोज २५ गते उद्घाटन र उम्मेदवारी दर्ता, २६ गते बन्द सत्रसँगै विभिन्न विषयमा कार्यपत्रसमेत प्रस्तुत गरिने भएको छ । आगामी कार्यसमिति सर्वसम्मतिबाट चयन  नभएमा असोज २७ गते मतदान हुने छ ।

दैवीप्रकोप सतर्कता तयारी गैरआवासीय अभियानमा दोस्रो पुस्ताको सहभागिता, नेपालमा विदेशी लगानीका अवसर र चुनौती, गैरआवासीय नेपालीसम्बन्धी ऐन तथा कानुनको पुनरावलोकनका विषयमा कार्यपत्र प्रस्तुत हुने सङ्घका अध्यक्ष हिराचनले जानकारी दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %