नेपाली आदिवासी जनजाति मन्च अष्ट्रेलियाले आदिवासी जनजाति नेतृत्वहरुलाई समेटेर अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलन २६ डिसेम्बरमा सिड्नीस्थित मेरिकभिले टाउन हलमा संचालन हुने मन्चका अध्यक्ष गणेश तामाङ्गले जानकारी दिएका छन् । सहभागिहरुलाई ३१ अक्टोबर अगावै कार्यक्रममा आउने र नआउने विषयमा आयोजकलाई जानकारी दिन तामाङ्गले आग्रह गरेका छन् ।
सम्मेलनमा सहभागि हुनेहरुका लागि औपचारिक निमन्त्रण पठाइने पनि उनले जानकारी दिए । सहभागीहरुका लागि खाना बस्न र स्थानीय यातायात आयोजकले उपलब्ध गराउने भएको छ । कार्यक्रमबारे थप जानकारीका लागि अध्यक्ष तामाङ्गको इमेल ganeshtamang@hotmail.com
