कति विविसता र बाध्यताले मान्छेले दशैं मनाउनु परेको रहेछ भन्ने थाहा पाउन सिन्धुपाल्चोकको एउटा घट्ना हेरे पुग्छ । दशैं मनाउनै पर्ने बाध्यताले सिन्धुपाल्चोकको सुनाखानी २ मा एक तामाङ्ग दम्पत्तिको निर्मतापूर्वक हत्या भएको छ ।
घटनास्थापनाको दिन स्थानीय ६५ वर्षीय मरिचमान तामाङ्ग र उनका पत्नी ठूलीमायाको हत्या भएको हो । उनीहरुलाई मारेको अभियोगमा पक्राउ परेका कासा्रङ्ग लामा र हिरालाल लामाले हिन्दुहरुको पर्व दशैंले आफूहरुलाई हत्यारा बनाएको प्रहरीलाई बयान दिएका छन् । दशैं मनाउनका लागि तामाङ्ग दम्पत्तिको हत्या गरिएको लामाद्वयले स्विकारेका छन् ।
मरिचमान र ठूलीमायाका छोरीले विदेशबाट पठाएको रकम लुटेर दशैं बनाउनका लागि आफूहरुले हत्या गरेको अभियुक्तले बताएका छन् । उनीहरुले ४७ हजार ९ सय ६० रुपियाँ बराबरको सुन लुटेर दशैं मनाएका थिए । मान्छे मारेर ल्याएको धनले दशैं मनाईरहेका बेला टिकाकै दिन लामाद्वय प्रहरीको पन्जामा परेका थिए । घटनास्थापनाको दिन हत्या गरिएका तामाङ्ग दम्पत्तिको शव भने फुलपातीको दिनसम्म पनि घरमै सडीरहेको थियो । दशैंका कारण यस्ता हत्यासम्म घट्ना निरन्तर बढीरहेको छ ।
