पत्रकारितालाई मर्यादित र ब्यबसायिक बनाउनु पर्नेमा जोड

Read Time:4 Minute, 25 Second

पत्रकारितालाई मर्यादित र ब्यबसायिक बनाउनु पर्नेमा नवलपरासीको कावासोतीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । कावासोतीबाट प्रकाशित हुने सामाथ्र्य साप्ताहिकको प्रथम बार्षिकोत्सवमा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

नवलपरासीमा पत्रिका दर्ता भएर पनि प्रकाशन नहुने परम्परालाई तोड्दै सामथ्र्यले एक बर्ष निरन्तर प्रकाशन गरेर पाठकको मन सम्म पुगेको भन्दै अबका दिनमा त्यसलाई ब्यबसायिक हिसाबले अगाडि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् ।
पत्रिकाको बार्षिकीमा बोल्दै पूर्व मन्त्री तथा वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले पत्रिका बच्उदै पाठकलाई नयाँ पन दिन सक्ने हो भने मोफसलको पत्रकारिता प्रति पाठकको चासो बढ्ने बताए । पश्रितले भने ‘अब नेताका भाषण लेख्ने पत्रिका होइन खोजमा केन्द्रित पत्रकारिताको आबश्यकता भएको छ  ।’ गुणस्तरलाई ध्यान नदिनेले पत्रिका चलाउन नसक्ने भएकाले पत्रिका चलाउन भन्दा पनि जनतालाई कसरी नयाँ कुरा दिन् सक्छौं भन्नेमा ध्यान गए पत्रिकाको दीगोपन हुने बरिष्ठ प्रगतिशिल साहित्यकार प्रश्रितको भनाई थियो ।  सभासद रोशन गाहा मगरले स्थानीय समाचारलाई बढी महत्व दिन सुझाव दिए । एमालेका जिल्ला उपाध्यक्ष जीवन श्रेठले दलगत बिचारलाई प्राथमिकता दिएर मात्र पत्रिका साचालन गर्दा जनतालाई भ्रम सृजना काम गर्ने भएकाले सही र सन्तुलित समाचार दिए ।

पूर्व सांसद तथा थारु कल्याणकारिणी सभाका महामन्त्री मझीलाल थारु थनेतले कृषिका समाचार र अनुसन्धानका बिषय स्थानीय साचार माध्यमले उठान गर्नुपर्ने बताए ।
कार्यक्रममा अर्का बक्ता नेपाली काँग्रेसका प्रतिनिधि कपिदेव भुषालले लोकतान्त्रिक आन्लोलनमा पत्रकारले खेलेको भूमिका सहानीय भएकाले आगामी दिनमा जनताको भावनाको प्रतिनिधित्व पत्रकारले गर्नुपर्ने धारणा राखे ।

नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष होमराज रानाभाटले पत्रकारहरु योग्य बन्न जरुरी भएको बताए । नेपाल पत्रकार महासंघ हिमाल मिडिया शाखाका अध्यक्ष तथा संसदीय मामिला पत्रकार समाजका केन्द्रिय सदस्य सन्त गाहा मगरले वैकल्पिक मिडिया लगानी बृद्धि नगरेसम्म पत्रकारिताले आवाज विहिनहरुको आवाज उठान गर्न नसक्ने उल्लेख गरे ।

वार्षिक उत्सवको अवसरमा सामाथ्र्य पत्रिकालाई निरन्तर सहयोग गर्ने चौधरी उद्योग ग्राम दुम्कौली र टिभी हाउस कावासोतीलाई सम्मान गरिएको थियो भने पत्रिकालाई प्रधानसम्पादक धनपति कोइरालालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारीका उपाध्यक्ष हिमालदेव पंगेनी क्रान्तिकारी पत्रकार संघका हरिनारायण रेग्मी उद्योग बाणिज्य संघका प्रतिनिधि ओमप्रकाश पौडेल पत्रकार दीपक भट्टराई लगाएतले शुभकामना मन्तब्य दिएका थिए ।

पत्रिकाका प्रकाशक सागर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रम सम्पादक विद्रोही गिरीले साचालन गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %