‘थारु जाति र बुद्ध धर्म’पुस्तक सार्वजनिक

Read Time:1 Minute, 24 Second

पूर्व साँसद  तथा थारु कल्याणकारिणी सभाका महामन्त्री मझिलाल थारु थनेतद्वारा लिखित थारु जाति र बुद्ध धर्म पुस्तक सार्वजनिक भएको छ । पुस्तक नवलपरासीको कावासोतीमा पूर्व शिक्षा मन्त्री तथा साहित्यकार मोदनाथ पश्रित र सभासद रोशन गाहा मगरले एक कार्यक्रमकावीच सार्वजनिक गरेका हुन । कार्यक्रममा बोल्दै पश्रितले संसारलाई मार्गनिर्देश गरेका महामानव गौतम बुद्धलाई कुनै जाति विशेषको भनेर पुस्तक लेख्नु बुद्धबारेको अनुसन्धान शुरु भएको उल्लेख गरे ।

दुई दशक पहिला नै साँसद बनीसकेर पनि वर्तमान राजनीतिमा भूमिका विहिन देखिएका थारु थनेतले लुम्बिनी विकास कोषको कार्यवाहक उपाध्यक्ष र कोषाध्यक्ष रहँदा संगालेका अुनभवलाई  पुस्ताकारको रुप दिएका हुन । १०४ पेजको पुस्तकमा थारु जाति र बुद्ध धर्म वाहेक लेखकका फुटकर लेख र साहित्यिक रचना समेत समेटिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %