गैरआवासीय नेपाली सङ्घ एनआरएनको अध्यक्षमा वर्तमान अध्यक्ष देवमान हिराचनले पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् । असोज २२ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर हिराचनले उम्मेदवारी घोषणा गरेका हुन ।
आफू विजयी भए दोहोरो नागरिकता र विदेशमा रहेका नेपालीले पनि स्वदेशमा मतदान गर्नका लागि संयन्त्र निर्माणका लागि पहल गर्ने जिकिर गरे । आफूु अध्यक्ष हुँदा यस विषयमा काम भएको नभएको विषयमा भने उनले केही खुलाएनन् ।
वर्तमान उपाध्यक्ष जीवा लामिछानेले यसअघि नै अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको पाँचौ विश्व सम्मेलन यही असोज २५-२७ सम्म काठमाडौँमा हुँदैछ ।
