प्रधानमन्त्री भट्टराईले वादीलाई काखी च्यापे

Read Time:2 Minute, 26 Second

पटकपटकको प्रयास पछि पनि आदिवासी जनजाति राउटेहरुलाई भेट्ने समय नदिएका प्रधानमन्त्री डा। बाबुराम भट्टराईले वादी समूदायलाई भने राहत रकम दिन कडा निर्देशन दिएका छन् । भट्टराईले सोम्बार मुख्य सचिव माधवप्रसाद घिमिरेलाई निर्देशन दिँदै वादी समुदायलाई प्रति परिवार १०/ १० हजार रुपैयाँ राहत दिएका हुन् । एक दैनिक पत्रिकामा खर्चअभावमा वादी समूदायमा दसैं नआएको समाचार प्रकाशित भएपछि प्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री सहायता कोषबाट चैनपुरमा बस्ने २२ वादी परिवारलाई १०\१० हजार रुपैया राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् । तर समुदायमा बसोबास गर्ने वादी समुदायलाई सहयोग गर्ने प्रधानमन्त्री बाबुराम भट्टराईले भेट्नका लागी राजधानीमा पुगेका राउटेलाई समय दिएका थिएनन् ।

गाँउघरमा बस्ने वादी समुदायलाई सहयोग गर्ने प्रधानमन्त्रीले राउटेलाई भेट्नसमेत समय उपलब्ध नगराउनु ठूला बेइमानी भएको राउटे समुदायको अध्ययन गरिरहेका नेत्र पाण्डेले बताए । यसैबीच प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भेट्न नपाएपछि निराश हुँदै सल्यान फर्किएका राउटेहरुलाई विभिन्न संघ-संस्थाले सहयोग गरेका छन् । काठमाण्डौंको म्याग्दी सहकारी संस्था छन्त्याल संघ धौलागिरी हाउजिङ प्रा।लि लगायतले लोपोन्मुख राउटेहरुलाई आर्थिक सहयोग गरेका हुन् । ती सबै संस्था लगायतबाट झण्डै ५० हजार रुपैंया सहयोग रकम पाएका छन् ।

प्रधानमन्त्री मन्त्री लगायतसँग भेट्न नपाए पनि अरु संस्थाबाट सहयोग पाएपछि भने राउटेहरु खुशि भएका छन् । अब दशैं राम्ररी मनाउने राउटे मुखिया ऐनबहादुर शाहीले बताए ।

सेन्छेलुङ्ग लिम्बु\काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %