मगर राजा छान्ने लिगलिगकोट दौड रिमालले जिते

Read Time:1 Minute, 41 Second

गोरखाको लिगलिगकोटमा भएको लिगलिगे दौडको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । निर्धारित दुरी १ घन्टा १ मिनेटमा पुरा गरी रिमालले उपाधि जितेका हुन् । त्यस्तै १ घन्टा १ मिनेट १३ सेकेन्डको समय निकालेर नेपाली सेनाकै होमलाल श्रेष्ठ दोस्रो र गएको वर्ष पहिलो भएका नेपाल पुलिसका भूमिराज राई तेश्रो भएका छन् ।

प्रतियोगिताका विजयी धावकलाई एथ्लेटिक्सका प्रशिक्षक जितबहादुर केसीले पुरस्कार प्रदान गर्नुभभयो । प्रतियोगितामा पहिलो हुने रिमालले नगद ५० हजार दोस्रॊ हुने श्रेष्ठले २५ हजार तेस्रो हुने राईले १० हजार रुपैयाँ पाएका छन् ।  चौथोले पाँच हजार र पाँचौ हुनेले तीन हजार रुपैयाँ पाएका छन् ।  लमजुङ र गोरखाको सीमा चेपेघाटदेखि लिगलिगकोटको मुल गढीसम्मको १३ किलोमिटरको दौडमा राष्ट्रियस्तरका धावक समेत गरी ५६ जनाले भाग लिएका कार्यक्रम संयोजक संजिव रानामगरले जानकारी दिए ।

द्रव्य शाहले षडयन्त्रपूर्वक तरिकाले मगरहरुलाई लिगलिगे दौडमा हराएपछि मगरात राज्य पतन हुन थालेको थियो ।

सेन्छेलुङ्ग लिम्बु\काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %