एमाओवादीमा विवाद चुलियो

Read Time:1 Minute, 9 Second

एनेकपा माओवादी स्थायी समिति बैठक उपाध्यक्ष मोहन वैद्य समूहको बहिस्कारका कारण सन्चालन हुन सकेन । पार्टीका उपाध्यक्ष मोहन वैद्य पक्षका कुनै पनि सदस्य उपस्थित नभएपछि बैठक स्थगित भएको प्रवत्ता दीनानाथ शर्माले पुष्टि गरेका छन् । अनौपचारिक रुपमा बसेको बैठकले पार्टीभित्र देखिएको विषम अवस्थाको अन्त्य गर्न र वैद्य पक्षले गरेको सडक आन्दोलनलगायतका विषयमा अध्यक्ष पुष्पकमल दाहाललाई नै विवाद हल गर्नका लागि जिम्मा दिएको शर्माले जानकारी दिए ।

धोबिघाट समिकरणपछि उपाध्यक्ष डा बाबुराम भट्टराई प्रधानमन्त्री बनेको तर आफूहरुलाई वेवास्ता गरिएको भन्दैं वैद्य समूहले कडा आपत्ति प्रकट गर्दै आएका छन् । महासचिव रामबहादुर थापा बादलले यति बेला वैद्य क्याम्पमै छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %