नेपाली हजयात्री कात्तिक १ देखि हजका लागि साउदी अरबको मक्का, मदिना जाने भएका छन् । कात्तिक ७ सम्म सबै हजयात्री साउदी अरब गईसक्ने गृह मन्त्रालय मातहतको केन्द्रीय हज समितिले जनाएको छ । कात्तिक १ गते पहिलो दिन एक सय ४६, २ गते एक सय ६०, ३ गते एक सय ५९, ४ गते एक सय ४०, ५ गते एक सय २०, ६ गते ७० र ७ गते ८० यात्री मक्का उड्नेछन् ।
यस वर्ष नेपालबाट स्वयंसेवक र चिकित्सक टोलीबाहेक ८ सय ६६ जना हजमा सहभागी हुने केन्द्रीय हज समितिका प्रवक्ता अब्दुल्लाह मियाँले जानकारी दिएका छन् ।
एस लिम्बु\काठमाडौं
