
गोविन्द घर्ति\रुपन्देही
पत्रकारितामा मोफसलको राजधानी बुटवलबाट ‘सघीय एक्सप्रेस’ अर्धसाप्ताहिक पत्रिका विमोचन भएको छ । सत्य निष्पक्ष समाचार हाम्रो आधार र सरोकार भन्ने मूलनाराका साथ संघीय प्रकाशन प्रा।लि।ले शूरु गरेको पत्रिका असोज १४ गते विमोचन गरिएको हो ।
पत्रिका विमोचन गर्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणकुमार थापाले साचार क्षेत्रले समाजलाई परिवर्तन गर्न महत्वपूर्ण भूमिका निभाउने बताए । समाजमा रहेका कुरिती र कुसंस्कृतिलाई यस संघीय एक्सप्रेसले चिर्दै अगाडि बढ्नु पर्नेमा जोड दिए ।

विमोचन कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिज रुपन्देहीका जिल्ला अध्यक्ष भीम गुरुङ्गले संघीय एक्सप्रेसले सम्पूर्ण आदिवासी जनजातिहरुको आवाजलाई बुलन्द गर्दै अगाडि बढ्नु पर्ने बताए ।
संघीय प्रकाशन प्रा.लि.का अध्यक्ष भिमबहादुर रानाको अध्यक्षतामा भएको विमोचन कार्यक्रममा नेपाल मगर संघ जिल्ला समिती रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा, मधेशी जनअधिकार फोरम नेपालका महेन्द्र यादव, राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्ग, सदभावना आन्नदेवीका रंगीलाल लोधी, पत्रकार सरु राना, छन्त्याल संघका जिल्ला अध्यक्ष दल बहादुर छन्त्याल लगायतले बोल्दै पत्रिकार प्रकाशन गरेर मात्र हुदैन पत्रिकाको व्यवस्थापन गर्नु चुनौती पूर्ण रहेको बताए ।

संघीय प्रकाशन प्रालिका उपाध्यक्ष चित्रबहादुर गुरुङ्गको स्वागत र सचिव ज्ञानबहादुर थापाको संचालनमा विमोचन कार्यक्रम सम्पन्न भएको थियो । ‘संघीय एक्सप्रेस’का सम्पादक खिनु गुरुङ्ग तथा कार्यकारी सम्पादक लोकनेश ढेगा रहेका छन् ।

तस्विरहरु:- गोविन्द घर्ति

