एकिकृत नेकपा माओबादी स्थायी समिति सदस्य नेत्र बिक्रम चन्द बिप्लवले डा बाबुराम भट्टराई अगुवाईको सरकारमा बैद्ध पक्ष कुनै पनि हालतमा नजाने बताएका छन् । जनअपेक्षा र पार्टीको निर्णय बिपरित दुई चार जना नेताले आफु खुसि चलाएको सरकारमा गएर कुनै फाईदा नहुने उनको तर्क छ ।
क्रान्तिकारी पत्रकार संघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बिप्लवले नेपालमा नया परिबर्तनसंग नयाँ सत्ता ज्न्माउने वाताबरण सिर्जना गरेकेा हतियारलाई दुई चार जना नेताले आफु खुसि हतियारको साचो बुझाउने दुस्प्रयास गरेको आरोप लगाए ।
कार्यकर्ता र जनतालाई सोधेर मात्रै हतियार र सेनाको टुङ्गो लगाउनु पर्नेमा जोड दिदै सत्ताको लोभमा मधेसी मोर्चासंग पार्टी नेतृत्वले गलत संझौता गरेको उनको भनाई थियो । माओबादी उपाध्यक्ष मोहन बैद्धको दाहिने हात मानिने नेता बिप्लवले नेपालका उत्पिदित जनताका अधिकार सुनिश्चत नभएसम्म् सबिधान निर्माण र शान्तिप्रकृयाले गति नलिने उल्लेख गरे ।
नेता बिप्लवले झण्डै ३ घण्टा आफु निकटका कार्यकर्तालाई प्रसिक्षण दिएका थिए । असोज १० गते बाबुराम भटराई निकट पोलिट ब्युरो सदस्य राम कार्की पनि पाल्पामा आएका थिए ।
देब पचभैया\पाल्पा
