राष्ट्रिय जनमुक्ति पार्टीले रक्षामन्त्री शरदसिँ भण्डारी र भूमि सुधार तथा व्यवस्था मन्त्री प्रभु साहलाई पदबाट वर्खास्त गर्न माग गरेको छ । सो पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख टोप अस्लामीद्वारा जारी विज्ञप्तीमा दुबै मन्त्रीलाई पदबाट हटाउन प्रधानमन्त्रीसँग आग्रह गरिएको छ ।
विज्ञप्तीमा राष्ट्रिय अखण्डता र सार्वभौमसत्ता सुरक्षित छ भन्ने प्रत्याभूति दिन मन्त्री भण्डारीलाई पदमुक्त गर्नुपर्ने उल्लेख छ । मन्त्री भण्डारीले केहि दिन पहिला रिपोर्टस क्लबमा दिएको अभिव्यक्तिको आलोचना हुँदै आएको छ । अर्का मन्त्री साहलाई भने एक हत्या काण्डमा संलग्न रहेको हुनसक्ने भएकाले पदबाट हटाउनु पर्ने सो पार्टीको माग छ । वर्तमान सरकार राष्ट्रिय जनमुक्ति पार्टीको समर्थनमा गठन भएको हो ।
