राष्ट्रिय सममुक्ति पार्टीले दलित समुदायका लागि छुट्टै राज्यको माग गरेको छ । सममुक्ति पार्टीले असोज १२ गते राजधानीमा पत्रकार सम्मेलनमा गरेर शासकहरुले सबैभन्दा बढी दमन गरेर राखेको समुदायका लागि छुट्टै राज्य आवश्यक भएको औंल्याएको हो ।
पार्टी अध्यक्ष खिम स्वर्णकारले एमाओवादी काँग्रेस र एमाले जस्ता पार्टीले दलितलाई भोट ब्याङ्कको रुपमा प्रयोग मात्रै गरेको उल्लेख गरे । दलित समुदायको हितका लागि ठूला भनिएका दलहरुले सिन्को नभाँचेपछि आफूहरु छुट्टै पार्टी गठन गरेर संघर्षमा आएको स्वर्णकारको भनाई थियो ।
