गैरआवासीय नेपाली विश्व सम्मेलन असोज २५ गते

Read Time:1 Minute, 15 Second

रोजगारी व्यापार व्यावसाय अध्ययन आदिका कारण विदेशमा रहेका नेपालीहरुको संगठन गैरआवासीय नेपाली संघको पाँचौ विश्व सम्मेलन असोज २५ देखि २७ गते काठमाडौंमा गरिने भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको गैरआवासीय नेपाली सम्मेलन उच्चस्तरीय आयोजक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘हाम्रो साजाल – हाम्रो पहिचानः समृद्ध नेपाल’ नारा रहेको सम्मेलनमा विश्वका विभिन्न मुलुकबाट करिब ७०० गैरआवासीय नेपालीको सहभागिता रहने आयोजकको दाबी छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ संयुक्त आयोजक रहेको सम्मेलन सम्पन्न गर्न नेपाल सरकारले आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । २०६० देखि प्रत्येक दुई वर्षमा सम्मेलन नेपालमा हुँदैआएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %