राष्ट्रिय जनमुक्ति पार्टीको जारी भाका अभियान अन्तर्गत मोरङमा एक दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमुपा संघीय परिषद उपाध्यक्ष केपी पालुङ्वाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको सो पार्टीको वेभसाईट जनमुक्तिपार्टी डटकममा उल्लेख छ ।
कार्यक्रममा संघीय परिषदका उपमहासचिव चन्द्र श्रीस मगरले पार्टीको नीति तथा आगामी कार्यदिशाको बारेमा प्रशिक्षण दिएका थिए । मोरङ्ग जिल्ला अध्यक्ष चन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेडरल हाउस सदस्य मेजर मानबहादुर राई संघीय परिषदका वैकल्पिक सदस्य तथा जिल्ला इन्चार्ज धनध्वज लिम्बु लगायतले मन्तब्य राखेका थिए ।
