मनवीर गर्वुजाको निधनमा एमाओवादीको गोहीको आँशु

Read Time:1 Minute, 36 Second

जीवित रहुन्जेल वेवास्ता गरेका मनवीर गर्बुजा मगरको निधनपछि भने एकीकृत नेकपा माओवादीले प्रेस वक्तव्य जारी गरेको छ । माओवादी केन्द्रीय सल्लाहकार  गर्बुजा मगरको  निधनप्रति शोक व्यक्त गर्दै माओवादी प्रवक्ता दीनानाथ शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा गर्बुजा मगर नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तर खट्दै आएका सङ्घर्षशील योद्धा भएको र उनको निधनबाट पार्टीलाई क्षति पुगेको उल्लेख छ । वि.सं.२०५५ बाट माओवादीमा आबद्ध भएका गर्वुजा मगर २०६३ सालमा मगर मोर्चाको केन्द्रीय सल्लाहकार र २०६४ सालबाट एकीकृत पार्टीकॊ केन्द्रीय सल्लाहकार भएका थिए ।

माओवादीले प्रेस विज्ञप्ती जारी गरेर शोक व्यक्त गरे पनि यो केवल देखावती थियो भन्ने कुरा व्यवहारबाट सिद्ध हुन्छ । शान्ति सम्झौतापछि र संविधानसभाबाट ठूलो दल बनेपछि माओवादी प्रवेश गरेकाहरुको पार्टी र सत्तामा राँईदाई छ भने गर्बुजा मगरको कुनै मुल्याँकन नै भएको देखिदैन । गर्बुजाले माओवादीका लागि करोडौं सम्पत्ति लगानी गरिसकेको बताइन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %