चर्चित ब्यक्तित्व मनवीर गर्वुजाको निधन

Read Time:4 Minute, 30 Second

२५ सेप्तेम्बर

चर्चित समजसेवी मनीवर गर्वजाको देहावसान भएकोछ । म्याग्दीको हिस्तान गाविसमा जन्मेर हाल रुपन्देही जिल्लाको बुटवल नगरपालिकामा बसोबास गरिरहेका उहाँलाई नचिन्ने शायदै कोहि होला । नेपाल मगर संघका संस्थापक कोषाध्यक्ष रहेका उहाँले निरन्तर मगरसंघमा रहि जातीय उत्थानमा जोवन खर्चनु भएकोछ । उहाँ मगर समाजका अग्रणी आन्दोलनकर्ता हुनुहुन्थ्यो । वहाँलाई वहाँका समकालिनहरु अत्यन्त श्रद्धा गर्छन् ।
तर राजनीतिमा भने वहाँले सधैं  धोका खानुपर्यो । उहाँलाई माथि उठ्न दिइएन  । गरिव र पिछडिएकाहरुको मुक्तिको कुरा गर्ने वहाँले सधै आफ्नो आदर्श कम्यूनिष्ट राजनीतिलाई बनाउनु भो । वहाँ पहिला एमालेका नेता हुनुहुन्थ्यो । पार्टी शैशवकालमा तन मन धन सुम्पेर सेवा गरेको उहाँलाई त्यस क्षेत्रबाट कहिल्यै टिकट दिइएन । सधैं उहाँ भन्दा कम भूमिका भएका र पछाडि आएका बाहुन समूदायका नेताहरुलाई त्यस क्षेत्रबाट जिताइयो । तैपनी उहाँ निरन्तर लागिरहनु भो । पछि एमाले फुटेपछ उहाँ मालेमा लागेपछि टिकट त दिइयो तर त्यसमा जित्ने गुन्जायस नै थिएन ।


पछिल्लो समय उहाँ एमाले र माले जस्ता साम्प्रदायिक दलले जातीय मुक्ति नगर्ने भन्दै माओवादीमा लाग्नु भएकोथियो । तर त्यो दलले पनि वहाँलाई चुस्ने सिवाय केहि काम गरेन ।  फटाहा भनेर हिजो छाडेर आएका  एमाले र मालेका नेताहरुले नै माओवादीमा पसेर राईदाई गरे । तिनले वहाँलाई अगाडि बढ्नै दिएनन् ।
बुटवलमा भएको करौडौको सम्पत्ति वहाँले पार्टीको नाममा समर्पित गर्नुभयो । तर बदलामा वहाँले ठक्कर सिवाय केहि पाउनु भएन । वहाँको सम्पत्ति माथि रजाई गर्नेहरु आज करोडपति भएकाछन् । ठूला  नेता भएकाछन् तर वहाँ अझै जहाँको तहि हुनुहुन्थ्यो । ती नेताहरुले वहाँले लगानी गरेको नयाँ सत्ता दैनिकको करोड भन्दा बढी रकम डुबाइदिए । परर्टीको लागि भन्दै वहाँको घर कब्जा गरे । सम्पत्ति बेच्न बाध्य पारे ।
यो सबै षड्यन्त्रबाट आजित वहाँले पछिल्लो समय जनजाति र उत्पिडित समूदायको हितमा  समावेशी एफएममा लगानी गर्नुभएकोथियो । जातीय संस्थामा सक्रिय वहाँलाई कहिल्यै दलमा माथि नदिएपनि वहाँले यसमा कहिल्यै गुनासो गर्नुभएन । त्यस्तो गजबको यब्क्तित्व थियो, वहाँको । तर आफ्नै समूदायको राजनैतिक उत्थानमा लाग्नुपर्छ भन्ने भावना भने वहाँमा पलाएकोथियो ।
पछिल्लो समय पुन समाज नेपालको सल्लाहकार, करवाकेली थान निर्माणमा विशेष आर्थिक सहयोगी, करवाकेली रुपन्देहीका सक्रिय नेता, विभिन्न दर्जनौ संस्थामा वहाँ सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय माओवादीको मगरात मुक्ति मोर्चाको  पनि वहाँ सल्लाहकार हुनुहुन्थ्यो ।
वहाँ राज्यसत्ता परिवारको बौद्धिक कार्यमा सदा मुक्त कठंले प्रशसां गर्नुहुन्थ्यो र आवश्यक सहयोग गरिरहनुहुन्थ्यो । उपचार गराइरहनु भएका त्यस्ता ब्यक्तित्व मनबीर गर्बुजाको आज विहान काठमाडौं स्थित लाइफ केयर अस्पतालमा निधन भएकोछ । समाजमा वहाँको योगदान अतुलनीय रुपमा रहेको छ ।  वहाँको निधनले हामीलाई स्तब्ध बनाएको छ, साथै यस शोक स्तब्ध दुखद घडिमा वहाँको परिवारलाई राज्यसत्ता परिवार धैर्य धारणको कामना गर्दछ ।

मेजन पुन मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %