युवा मोर्चा कचनपुर अध्यक्षमा भानुभक्त कार्की

Read Time:2 Minute, 29 Second

राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन राष्ट्रिय युवा मोर्चा कचनपुरको जिल्ला स्तरीय भेला सम्पन्न भएको छ् । भेलाले भानुभक्त कार्कीको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय युवा मोर्चा कचनपुर जिल्ला समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा किरण सुनार, सचिवमा नरेश बोहरा, कोषाध्यक्षमा सन्तोष लोहार, सहसचिवमा सुरेश नेपाली र संगठन सचिवमा नरेश कामी रहेका छन् । यसैगरी सदस्यहरुमा रोशन सुनार, रोहित विक, पुरण विक, गणेश नेपाली, सन्तोष लोहार, राजेश नेपाली, जनक सुनार, हरिष थापामगर, प्रंकाश नेपाली, गणेश लोहार, करन बोहरा र रवि नेपाली चयन भएका छन् ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष रविन्द सुनार, प्रशिक्षण विभाग प्रमुख रत्न राना, संघीय परिषद सदस्य अशोक पुन, वलदिप राई सेतीमहाकाली ईन्चार्ज मोहन सारु लगायतले थपिएको समयमा पनि संविधान जारी नभए युवाहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन् । देशको मेरुदण्ड युवाहरु नै भएकोले देशको राजनैतिक युवाहरुको हातमा हुनु पर्ने कार्यक्रमका वक्ताहरुले बताएका थिए ।

यसैवीच विभिन्न राजनैतिक पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टीले कार्तिक ३० गते काठमाडौमा गर्नलागेको मार्चपासमा सम्पूण युवाहरु सहभागि हुने बताइएको छ ।  

पार्टीले चलाएको भाका कार्यक्रम अनुसार देशका विभिन्न ठाउँहरुमा अहिले पार्टीैका नेता तथा कार्यकर्ताहरु परिचालन गरिएको छ । सोही पार्टी संगठनको क्रममा पार्टीमा प्रवेश गर्नेहरुको ठूलो भिड लागेको एक कार्यकर्ताले जनाएको छ ।

गोविन्द घर्ति

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %